arrow

यू–१९ साफ महिला च्याम्पियनशिपका लागि नेपाली टिमको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
u19-saff-championship-nepal.jpg

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यू–१९ च्याम्पियनशिप २०२४ का लागि नेपालको राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेको छ ।  

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान खेल्दै छन् । फेब्रुअरी २ देखि ८ सम्म हुने साफ च्याम्पियनशिपमा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेशसँग फेब्रुअरी २ मा खेल्नेछ। 

त्यस्तै फेब्रुअरी ४ मा भुटानसँग खेल्नेछ भने फेब्रुअरी ६ मा भारतसँग खेल्ने छ ।  यसपछि शीर्ष दुई टिमले फेब्रुअरी ८ मा फाइनल खेल्ने छन् । 

नेपाली टिम–

गोलकिपर– सुजाता तामाङ, करुणा बुढाथोकी र लीला जोशी । 
डिफेन्डर– दिव्या मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिमरन राई र माया मास्के । 
मिडफिल्डर– ब्रिसाना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ । 
फरवार्ड– सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान । 



लोकप्रिय समाचार
नयाँ