arrow

अष्ट्रेलियाले वेष्ट इन्डिजलाई तेस्रो दिनमै हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
test-aus-wi-2024-01-19.jpg

काठमाडौँ । अस्ट्रेलियाले वेष्ट इन्डिज विरुद्धको पहिलो टेष्ट क्रिकेट १० विकेटले जितेको छ । टेष्टको तेस्रो दिन वेष्ट इन्डिजले दिएको २६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले एडलेडको घरेलु मैदानमा कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो ।
 
यसअघि वेष्ट इन्डिजले पहिलो इनिङ्समा १८८ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनिङ्समा २८३ रन बनाएको थियो । यस खेलमा अस्ट्रेलियाले पहिलो इनिङ्समा ९५ रनको अग्रता बनाएको थियो ।

त्यसपछि वेष्ट इन्डिजले आफ्नो दोस्रो इनिङ्समा १२० रन मात्र बनाएपछि अस्ट्रेलियाले २६ रनको लक्ष्य पाएको थियो ।  यस खेलमा पहिलो इनिङ्समा ११९ रनको शतकीय इनिङ्स खेलेका अस्ट्रेलियाका ट्राभिस हेड प्लेयर अफ द म्याच बनेका छन् ।

यो जितपछि २ खेलको श्रृंखलामा अस्ट्रेलिया १–० ले अगाडि भएको छ । अब दोस्रो टेष्ट जनवरी २५ देखि शुरु हुनेछ ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ