arrow

आफ्नै स्कुल बसको ठक्करबाट तीन वर्षे विद्यार्थीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
accident-final.jpg

पोखरा । पोखरामा आज दिउँसो स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं.२४ कास्कीकोट काउलेका तेजबहादुर कार्कीका छोरा वर्ष ३ का समिर कार्की रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार बाल प्रतिभा बोर्डिङ स्कुलको ग१क ४०८२ नम्बरको बसले सोही विद्यालयको नर्सरीमा अध्ययनरत कार्कीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ