arrow

यू–१९ विश्वकप क्रिकेट

दक्षिण एसियाका चार टिम आमने सामने, अमेरिका र वेष्ट इन्डिजको खराब शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
u19-worldcup-cricket-2024.jpg

काठमाडौँ । दक्षिण अफ्रिकामा शुक्रबारदेखि शुरु भएको यू–१९ विश्वकप एक दिवसीय क्रिकेटमा अमेरिका र वेष्ट इन्डिजले खराब शुरुआत गरेका छन् । 

वेष्ट इन्डिज आयोजक दक्षिण अफ्रिकासँग ३१ रनले पराजित भयो । दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २८५ रन बनायो । 

जवाफमा वेष्ट इन्डिजले जेवेल एन्ड्रयूको पहिलो शतकका बाबजुद पराजित हुनुपर्यो । वेष्ट इन्डिजले ४०.१ ओभरमा अलआउट हुँदै २५४ रनमात्र बनायो । जेवेलले ९६ बलमा १३० रन बनाएका हुन् । यो उनको जारी विश्वकपको पहिलो शतक हो । 

दक्षिण अप्रिmकाका केवेना माप्हाकाले ५ विकेट लिए । पाँच विकेट लिने केवेना जारी विश्वकपका पहिलो बलर हुन् । 

यता अमेरिका आयरल्याण्डसँग ७ विकेटले पराजित भयो । विश्वकपकै सबैभन्दा कम योगफल हुने क्रममा दुवै इनिङ्स गरेर मात्र २१४ रन भएको थियो । 

अमेरिकाले पहिले ब्याटिङ गर्दै ४०.२ ओभरमा अलआउट हुँदै १०५ रन बनायो । जवाफमा आयरल्याण्डले २२.५ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । 

आजका खेल
आज तीन खेल हुँदैछन् । आजका दुई खेलमा दक्षिण एसियाका चार टिम आमने सामने हुनेछन् । भारतले बंगलादेशसँग तथा पाकिस्तानले अफगानिस्तानसँग खेल्दैछ । भारत समूह ए मा रहेको छ । पाकिस्तान समूह डी मा रहेको छ । 

तेसो खेलमा इङ्गल्याण्ड र स्कटल्याण्ड खेल्दैछन् । इङ्गल्याण्ड समूह बी मा रहेको छ । 

१६ टोली रहेको विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । 

नेपालको पहिलो भिडन्त आइतबार न्यूजिल्याण्डसँग हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ