- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटमा अहिले नेपालले पहिलो खेल खेलिरहेको छ । नेपालले टेष्ट राष्ट्र न्यूजिल्याण्डसँग खेलिरहेको हो ।
टस जितेर न्यूजिल्याण्डले ब्याटिङ रोजेसँगै नेपालले बलिङ गरिरहेको छ । नेपालले शुरुआती १० ओभरमा सफलता हासिल गर्न नसके पनि त्यसपछि भने लगातार विकेट लिएको छ । १४.३ ओभरमा ६७ रन बनाउँदा न्यूजिल्याण्डले ३ विकेट गुमाइसकेको छ ।
नेपालका लागि सुभाष भण्डारी, दिपेश कँडेल र तिलक भण्डारीले १–१ विकेट लिएका छन् । भरपर्दा खेलाडी गुल्सन झाले भने विकेट लिएका छैनन् ।
इष्ट लण्डनमा भइरहेको यो खेल दुवै टिमका लागि जारी विश्वकपको पहिलो खेल हो । नेपाल र न्यूजिल्याण्ड समूह डी मा रहेका छन् । यो समूहमा पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् ।
पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित हासिल गरेको छ ।
नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेको छ र दुवै पटक नेपाल विजयी भएको छ । यो खेल जित्दा नेपालको अर्को चरण प्रवेशको सम्भावना बलियो हुन्छ ।
नेपालले सन् २००६ मा १ विकेटले र २०१६ मा ३२ रनले विजयी भएको थियो ।
यस्तो छ विश्वकप खेल्ने नेपाली टिमः
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, तिलकराज भण्डारी र आकाश चन्द ।