arrow

राम मन्दिरको प्राण प्रतिष्ठा हुँदा नेपालमा सार्वजनिक बिदा दिनुपर्छ – उपाध्यक्ष प्रधान

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
dhruba-bahadur-pradhan-2078.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले नेपालले सोमबार सार्वजनिक बिदा दिनुपर्ने बताएका छन् । माघ ८ गते सोमबार भारतको अध्योयामा रहेको राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै गर्दा नेपालले पनि ऐक्यबद्धतासहित सार्वजनिक बिदा दिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘हिन्दू राष्ट्रको एजेन्डा बोकेर हामीहरु अगाडि गइरहेका छौँ । हाम्रो धर्मप्रतिको आस्था र धरोहर रहेको छ । राम मन्दिरकै लागि नेपालको कालीगण्डकीबाट दुई ओटा देवशीला लगिएको थियो । धार्मिक हिसाबले पनि नेपालमा हिन्दूहरुको जनसंख्या बढी छ । तसर्थ नेपाल सरकारले सार्वजनिक बिदा दिनुपर्छ ।’

प्रधानले अगाडि भने, ‘केही पालिकाहरु सार्वजनिक बिदा नै गरेका छन् । धार्मिक सत्कार देखाएका छन् । तसर्थ नेपाल सरकारले पनि यसलाई पर्वको रुपमा मनाउनु पर्छ ।’

पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका राप्रपा सांसद प्रधानले आफूहरुको संस्कृति पनि मिल्ने भएकाले कम्तीमा नेपालका तर्फबाट सार्वजनिक बिदा दिनुपर्नेमा जोड गरेका हुन् । 

उक्त प्राण प्रतिष्ठाका लागि आठ हजार भन्दा बढी अतिथिहरुलाई बोलाइएको छ । गत वर्षको माघमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी अयोध्या पुगेर राम मन्दिरलाई कालीगण्डकीको देवशीला दिएर आएका थिए । 

प्राण प्रतिष्ठाकै लागि जनकपुरबाट भार पठाइएको थियो । मधेसका कतिपय जिल्लाहरु रौतहट, बारा, पर्सा लगायतले सोमबारको प्राण प्रतिष्ठाका लागि भनेर मासु र मदिरामा प्रतिबन्ध नै लगाएका छन् । 

सोमबार स्थानीय समयअनुसार दिउँसो १२ः२० बजेको साइतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । उक्त प्राण प्रतिष्ठा नेपाली पुजारी दुर्गाप्रसाद गौतमले गराउँदैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ