arrow

यू–१९ विश्वकप क्रिकेट

न्यूजिल्याण्डको चौथो विकेट ढाल्न नेपाललाई सकस

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
u19-worldcup-np-nz-21.jpg

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटमा अहिले नेपालले पहिलो खेल खेलिरहेको छ । नेपालले टेष्ट राष्ट्र न्यूजिल्याण्डसँग खेलिरहेको हो । 

टस जितेर न्यूजिल्याण्डले ब्याटिङ रोजेसँगै नेपालले बलिङ गरिरहेको छ । नेपालले शुरुआती १० ओभरमा सफलता हासिल गर्न नसके पनि त्यसपछि भने लगातार तीन विकेट लिएको छ । १४.३ ओभरमा ६७ रन बनाउँदा न्यूजिल्याण्डले ३ विकेट गुमाएको थियो ।  

नेपालका लागि सुभाष भण्डारी, दिपेश कँडेल र तिलक भण्डारीले १–१ विकेट लिएका छन् । भरपर्दा खेलाडी गुल्सन झाले भने विकेट लिएका छैनन् । 

इष्ट लण्डनमा भइरहेको यो खेलमा त्यसपछि भने नेपालले विकेट लिन नसक्दा न्यूजिल्याण्ड फराकिलो योगफलतर्फ अगाडि बढेको छ । चौथो विकेटका लागि शतक भन्दा बढीको साझेदारी गर्ने क्रममा स्नेहिथ रेड्डी र कप्तान अस्कर ज्याक्सनले अर्धशतक पूरा गरिसकेका छन् । 

दुवै टिमका लागि जारी विश्वकपको पहिलो खेल हो । नेपाल र न्यूजिल्याण्ड समूह डी मा रहेका छन् । यो समूहमा पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । 

पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित हासिल गरेको छ । 

नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेको छ र दुवै पटक नेपाल विजयी भएको छ । यो खेल जित्दा नेपालको अर्को चरण प्रवेशको सम्भावना बलियो हुन्छ । 

नेपालले सन् २००६ मा १ विकेटले र २०१६ मा ३२ रनले विजयी भएको थियो । 

यस्तो छ विश्वकप खेल्ने नेपाली टिमः
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, तिलकराज भण्डारी र आकाश चन्द ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ