arrow

यू–१९ विश्वकप क्रिकेट

न्यूजिल्याण्डमाथि जितको ह्याट्रिक गर्न नेपालले पायो ३०३ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
u19-worldcup-np-nz-21b.jpg

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले न्यूजिल्याण्डसँग खेलिरहेको हो । 

जितका लागि नेपालले ३०३ रनको चुनौती पछ्याउँदैछ । इष्ट लण्डनमा टस जितेर न्यूजिल्याण्डले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३०२ रन बनायो । 

नेपालले शुरुआती १० ओभरमा सफलता हासिल गर्न नसके पनि त्यसपछि भने लगातार तीन विकेट लिएको थियो । १४.३ ओभरमा ६७ रन बनाउँदा न्यूजिल्याण्डले ३ विकेट गुमाएको थियो ।  

त्यसपछि नेपालले ४१.५ ओभरमा मात्र चौथो विकेट लियो । चौथो विकेटका लागि १५७ रनको साझेदारी भएको थियो ।  

स्नेहिथ रेड्डी र कप्तान अस्कर ज्याक्सनले १५७ रनको साझेदारी गरेका हुन् । रेड्डीले नेपाली बलरहरुलाई निस्तेज पार्ने क्रममा १२५ बलमा अविजित रहँदै १४७ रन बनाए । कप्तान अस्करले ७५ रन बनाए ।
 
नेपालका लागि सुवाश भण्डारीले ३, गुल्सन झाले २ तथा दिपेश कणेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १–१ विकेट लिए । 

दुवै टिमका लागि जारी विश्वकपको पहिलो खेल हो । नेपाल र न्यूजिल्याण्ड समूह डी मा रहेका छन् । यो समूहमा पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । 

पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित हासिल गरेको छ । 

नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेको छ र दुवै पटक नेपाल विजयी भएको छ । यो खेल जित्दा नेपालले जितमा ह्याट्रिक गर्नेछ । यो खेल जित्दा नेपालको अर्को चरण प्रवेशको सम्भावना बलियो हुन्छ । 

नेपालले सन् २००६ मा १ विकेटले र २०१६ मा ३२ रनले विजयी भएको थियो । 

यस्तो छ विश्वकप खेल्ने नेपाली टिमः
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, तिलकराज भण्डारी र आकाश चन्द ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ