arrow

गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
gadimai1.jpg

बारा।  भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा सोमबार प्राण प्रतिष्ठान भएको खुसियालीमा गढीमाई मन्दिरमा सोमबार साँझ एक लाख ५१ हजार दीप प्रज्वलन गरिएको मन्दिरका पुजारी मङ्गल चौधरीले जानकारी दिए ।

सो अवसरमा जिल्लाका अधिकांश ठाँउमा कलश यात्रा, ¥याली, भजन मण्डली, किर्तन गरिएको थियो । 

सोमबारका दिन गढीमाई मन्दिरलाई भव्यरुपमा सजाइएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिए । 

उनले यहाँका स्थानीय स्वतः आएर मन्दिरमा दीप प्रज्वलन गरेको बताए । 

नेपाल र भारतको सदियौँदेखिको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ भएर जाने नगरप्रमुख यादवको भनाइ थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ