arrow

यी हुन् मन्त्रिपरिषद्को बैठकका निर्णय

संसद्को हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
rekhasharmas.jpg

काठमाडौँ । सरकारले संसद्को हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपराह्न ४ बजे सङ्घीय दुवै सदनको संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताइन् । 

राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पद लामो समयदेखि खालि थियो । उनले राष्ट्रिय खेलकुद विकास नियमावली ०७९ को नियम १६ को उपनियम १ को खण्ड (क) बमोजिम मनोनयन गर्ने निर्णय गरिएको बताइन् । 

उनले भनिन् ,‘२०८० माघ २२ गते ४ बजे सङ्घीय सांसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम १६ को उपनियम १ को खण्ड (क) बमोजिम डा.असिम भण्डारीलाई राष्ट्रिय एन्टी डोपीङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय भएको छ । जापान सरकारबाट कोटेश्वर इन्टरशेक्सन इम्पूवमेण्ट आयोजना कार्यान्वयनको लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।’

उनले कोटेश्वर चोक सुधार परियोजनाका लागि जापान सरकारको करिब ३१ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृतका लागि जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ