arrow

नेपालको हरित हाइड्रोजन अभियानमा ग्रिनजो इनर्जी इण्डियाको चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
green-hydrogen-2024.jpg

काठमाडौँ । नेपालमा हरित हाइड्रोजन उत्पादन र प्रयोगका लागि नीतिगत निर्णय हुनुपर्ने बहस २०७८ सालअघिबाटै शुरु भए पनि अहिले आएर सरकारले हरित हाइड्रोजन उत्पादन र प्रयोग गर्न पाउने गरी नीति पारित गरेको छ । 

सरकारले लगानी सम्मेलनको तयारी गरिरहँदा हरित हाइड्रोजनका लागि पनि लगानी जुटाउने प्रयास अर्थ मन्त्रालयले थालेको छ । हालै भारतको गुजरातमा भएको गुजरात भाइव्रेन्टमा अर्थमन्त्री डा प्रकाशशरण महतले ग्रिनजो इनर्जी इण्डिया लिमिटेडका संस्थापक तथा प्रबन्ध निर्देशक संजिव अग्रवालसँग छलफल गरेका थिए । 

त्यस क्रममा अग्रवालले नेपालमा पनि ग्रिन (हरित) हाइड्रोजनका लागि लगानी गर्न इच्छुक रहेको बताएका थिए । सरकारले ग्रिन हाइड्रोजन सम्बन्धी नीति पारित गरेपछि ग्रिनजो इनर्जी इण्डिया लिमिटेडले स्वागत गर्दै नेपालको हरित अभियानमा साथ दिने जनाएको छ ।

मन्त्रिरिषद् बैठकको निर्णय लगतै गिनजो इनर्जी लिमिटेडले स्वागत गर्दै नेपालको हरित अभियानको प्रशंसा गरेको छ । प्रबन्ध निर्देशक अग्रवालले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेत, अर्थमन्त्री डा प्रकाशशरण महत, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै मन्त्रिपरिषद् सदस्यलाई हार्दिक बधाई तथा शुभकामना दिए । 

प्रचण्डको भूमिकाको प्रशंसा गर्दै सहकार्यका लागि आफू इच्छुक रहेको ग्रिनजोका प्रबन्ध निर्देशक अग्रवालले उल्लेख गरेका छन् । 

भारतमा इलेक्ट्रोलाइजर निर्माता ग्रिनजो इनर्जी नेपालमा अत्याधुनिक हाइड्रोजन उत्पादनका लागि सहकार्यको हात अघि बढाउन तयार रहेको जनाएको छ । 

यो कम्पनीसँग रहेका योग्य टोली सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, साइट सर्वेक्षणका लागि सधैव तयार रहेको पनि उसले जनाएको छ ।

यसअघि नै ५० मेगावाट ग्रिन हाइड्रोजन उत्पादनका लागि ग्रिनजो र नेपालको एक प्रतिष्ठित सार्वजनिक कम्पनीसँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भइसकेको छ । त्यसमा हाइड्रोजन, अमोनिया प्लान्ट, सौर्य, हावा र जलविद्युत एकीकृत रुपमा अघि बढाइने समझदारी छ । 

नेपाल सरकारले नीति तय नगर्दा यो कार्यान्वयनमा ढिलाइ भएको थियो । अब यसले पनि द्रुत गतिलिने विश्वास गरिएको छ । अब ग्रिनजो इण्डिया नेपालको हरित अभियानमा जोडिन चाहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ