arrow

अज्ञात समूहबाट हनुमानजी र ब्रह्मस्थानमा आगजनी [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
fire-hanuman-temple (11).jpg

रौतहट । रौतहटको इशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रह्मस्थानमा अज्ञात समूहले आगजनी गरेको छ । भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको दुईदिन नबित्दै रौतहटको दक्षिणीभेग भारतीय सीमानासँग जोडिएको इशनाथ नगरपालिकास्थित  हनुमान मन्दिर र ब्रह्मस्थानमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको हो ।

ईशनाथ ५ जटहारा गाउँमा रहेको सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रहमस्थानमा अज्ञात ब्यक्तिले आगजनी गरेको हो।

आगजनीको घटना सार्वजनिक भएलगत्तै सो क्षेत्रका नेतृत्व गर्ने प्रतिनिधि सभा सदस्य किरणकुमार साह,नेपाल प्रहरी सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सहितको टोली घटनास्थलमा पुगेको छ।
 
विगत लामो समयदेखि रौतहट संसदीय निर्वाचन क्षेत्र २ मा दुई समुदायबीच विभिन्न विषयमा पटकपटक विवाद हुँदै आएको कारण यस्तो अवस्थामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष चासो देखाएको छ।

जटहरा गाउँ छेउ मन्दिरमा रहेको हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको घटना बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको हो । 

आगलागीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गरेकी छिन् । कसैले पराल राखेर मंगलबार राति दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ । 

घटनाबारे स्थानीयले बुधबार बिहान देखेर प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको तथा छानबिन शुरु गरेको प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकी छिन् ।

सामाजिक सद्भाव बिगार्न यस्ता आराजक गतिविधि गर्ने दोषीलाई खोजतलास गरी कडा भन्दा कडा कारबाही गर्न सांसद साहले प्रहरी प्रशासन संग जोरदार माग गरेका छन् ।

आगलागीबाट क्षतिग्रस्त भएको हनुमानजीको उक्त मूर्ति २५  वर्षअघि भारतको राजधानी दिल्लीबाट ल्याएर स्थापना गरिएको स्थानीयले जानकारी गराएका छन् ।

fire-hanuman-temple (1).jpg
fire-hanuman-temple (2).jpg
fire-hanuman-temple (3).jpg
fire-hanuman-temple (4).jpg
fire-hanuman-temple (5).jpg
fire-hanuman-temple (6).jpg
fire-hanuman-temple (7).jpg
fire-hanuman-temple (8).jpg
fire-hanuman-temple (9).jpg
fire-hanuman-temple (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ