arrow

पाकिस्तानसँग नेपालको कमजोर ब्याटिङ, टिकेनन् विपिन र देव पनि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
u19-arjun-bipin-2024.jpg

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले पाकिस्तानसँग खेलिरहेको छ । 

इन्ट लण्डनमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । नेपालले कमजोर ब्याटिङ गरिरहेको छ । नेपालले ९६ रन जोड्दा ५ विकेट गुमाइसकेको छ । 

विपिन रावलले सर्वाधिक ३९ रन बनाएर आउट भए । उनले १ छक्का र ४ चौकाको मद्धतले ६८ बलमा ३९ रन बनाएका हुन् । 

त्यस्तै कप्तान देव खनालले ३७ बलमा २३ रन जोडेर पभेलियन फर्के । न्यूजिल्याण्डविरुद्ध शानदार ९० रन बनाएका ओपनर अर्जुन कुमालले भने पाकिस्तानविरुद्ध कुनै कमाल देखाउन सकेनन् । 

उनले १२ बलको सामना गर्दै मात्र ६ रन बनाए । त्यस्तै आकाश त्रिपाठी पनि १० बलमा ६ रन बनाएर आउट भए । उत्तम मगरले १५ बलमा ४ रनमात्र बनाउन सके । 

नेपाल समूह डीमा रहेको छ । पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग पराजित भएको थियो । 

यसअघिका दुवै भेटमा न्यूजिल्याण्डलाई पराजित गरेको नेपालले यसपालि भने ६४ रनको हार बेहोरेको हो । 

त्यस्तै पाकिस्तानले अफगानिस्तानलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यो समूहमा पाकिस्तानमा बलियो टिम मानिन्छ । 

तर न्यूजिल्याण्डले आफ्नो दोस्रो खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै अर्को चरणमा पुगिसकेको छ । 

अर्को चरण प्रवेश सम्भावना राख्न नेपालले पाकिस्तानमाथि जित हासिल गर्नुपर्छ । नेपालले न्यूजिल्याण्डसँग गरेको गल्ती कम गरी आत्मविश्वासका साथ मैदानमा उत्रने हो भने पाकिस्तानसँगको जित टाढा भने छैन । 

यस्तो थियो नेपाल र न्यूजिल्याण्डको खेल
गत आइतबार भएको पहिलो खेलमा यू–१९ क्रिकेटमा नेपाल पहिलो पटक न्यूजिल्याण्डसँग पराजित भयो । यसअघि भएका दुवै भेटमा नेपाल विजयी भएकामा तेस्रो भेटमा नेपाल न्यूजिल्याण्डसँग पराजित भएको हो । 

पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । ३०३ रनको फराकिलो चुनौती पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा २३८ रन बनायो । नेपालका लागि ओपनिङ खेलाडी अर्जुन कुमालले संयमित ब्याटिङ गर्दैै ९० रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । उनले १०४ बलमा १२ चौकाको मद्धतले ९० रन बनाएका हुन् । 

अहिलेसम्म यू–१९ विश्वकपमा एउटा पनि शतक जोड्न नसकेको अवस्थामा अर्जुनले आज शतक जोड्ने अपेक्षा गरिएको थियो । तर उनी ‘नर्भस नाइन्टिज’ को सिकार भए । 

नेपालका लागि कप्तान देव खनालले ३४ बलमा ३६ रन बनाए । नेपाली खेलाडीहरु अन्तिमसम्म क्रिजमा रहे । सो क्रममा १० औँ विकेटको साझेदारी राम्रो भएको थियो । 

दशौँ विकेटका लागि सुवाश भण्डारी र तिलक भण्डारीबीच ३७ रनको अविजित साझेदारी भएको थियो । सो क्रममा सुवासले ५२ बलमा अविजित रहँदै ३३ तथा तिलकले १९ बलमा अविजित रहँदै १७ रन बनाए । उनले एक छक्का र २ चौका हानेका थिए । 

न्यूजिल्याण्डका लागि मासन क्लार्कले सर्वाधिक ३ विकेट लिए । यसअघि इष्ट लण्डनमा टस जितेर न्यूजिल्याण्डले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३०२ रन बनायो । 

नेपालले शुरुआती १० ओभरमा सफलता हासिल गर्न नसके पनि त्यसपछि भने लगातार तीन विकेट लिएको थियो । १४.३ ओभरमा ६७ रन बनाउँदा न्यूजिल्याण्डले ३ विकेट गुमाएको थियो ।  

त्यसपछि नेपालले ४१.५ ओभरमा मात्र चौथो विकेट लियो । चौथो विकेटका लागि १५७ रनको साझेदारी भएको थियो ।  

स्नेहिथ रेड्डी र कप्तान अस्कर ज्याक्सनले १५७ रनको साझेदारी गरेका हुन् । रेड्डीले नेपाली बलरहरुलाई निस्तेज पार्ने क्रममा १२५ बलमा अविजित रहँदै १४७ रन बनाए । कप्तान अस्करले ७५ रन बनाए ।
 
नेपालका लागि सुवाश भण्डारीले ३, गुल्सन झाले २ तथा दिपेश कणेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १–१ विकेट लिए । 

नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेकोमा दुवै पटक नेपाल विजयी भएको थियो । नेपाल सन् २००६ मा १ विकेटले र २०१६ मा ३२ रनले विजयी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ