arrow

राष्ट्रिय सभा सदस्य निर्वाचन

लुम्बिनी र कर्णाली प्रदेशमा पनि मतदान जारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
lumbini-karnali-election.jpg

काठमाडौँ । अन्य प्रदेशमा जस्तै लुम्बिनी र कर्णाली प्रदेशमा पनि राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान जारी रहेको छ ।लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरि मतदानको सुरुआत गरेका छन् । 

 घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा मुख्यमन्त्रीले पहिलो मतदान गरेका हुन् । 

मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतदानका लागि दुई मतदान केन्द्र तोकिएको छ । निर्वाचन अधिकृत पाण्डेका अनुसार ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गर्ने व्यवस्था गरिएको छ भने ‘ख’ मतदान केन्द्रमा नगरपालिकाका प्रमुख उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरि २ सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

लुम्बिनी प्रदेशमा अन्य र महिला गरी दुई सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसले महिलामा गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ । 

यस्तै नेकपा (एमाले) ले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्री र महिलातर्फ दाङकी तुलसाकुमारी केसीलाई उम्मेदवार बनाएको छ ।

जनमत पार्टीको तर्फबाट अन्यमा नवलपरासीका बालगोविन्द चौधरीको उम्मेदवारी दर्ता भएको छ । राप्रपाको तर्फबाट महिलामा कपिलवस्तुकी विजयालक्ष्मी सिंहलाई उम्मेदवारी दर्ता भएको छ । 

राष्ट्रिय सभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कूल मतदाता सङ्ख्या तीन सय पाँच जना रहेको छ । यसमध्ये प्रदेशसभा सदस्यको सङ्ख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या दुई सय १८ रहेको छ ।

यता कर्णाली प्रदेशमा पनि मतदान जारी रहेको छ । आज बिहान ९ बजेबाट नै कर्णालीमा मतदान शुरु भएको हो । कर्णालीबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका तर्फबाट अन्यमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, दलितमा नेकपा (माओवादी केन्द्र) का विष्णु विक र नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्लले उम्मेदवारी दर्ता गराएका छन् । 

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशमा जम्मा ५ हजार ८४ मतभार छ । निर्वाचन दिउँसो ३ बजेसम्म हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ