arrow

सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैन - सांसद ढुंगाना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
ananda-dhungana.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न नसकेको बताएका छन् ।  स्वास्थ्य र शिक्षालाई संविधानमा मौलिक हकको रूपमा व्यवस्था गरे पनि सरकारले सो अनुसार काम गर्न नसकेको सांसद ढुंगानाको आरोप थियो । 

शुक्रवार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चित सम्बन्धी’ सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले गरिब जनतासँग स्वास्थ्य बीमा गर्ने अवस्था नभएकाले त्यसतर्फ पनि सरकारले सोच्नुपर्ने आवश्यकता औंल्याए । सांसद ढुंगानाले सरकारी अस्पतालमा स्रोत, साधन र जनशक्तिको अभावका कारण कामै गर्न नसक्ने अवस्थामा पुग्दा पनि सरकार गम्भीर नभएको जिकिर पनि गरे ।

उनले भने,‘आज संविधान जारी भएको ८ वर्ष भइसक्यो । तर सरकारले यसको बारेमा जसरी संविधानमा लेख्ने बेलामा त्यस बेलाका संविधानसभाका सांसदलाई जति आतुरता थियो । यो देशलाई हामी यो बाटो लैजाउँला । शिक्षा र स्वास्थ्य, यो दुई वटा कुराको बारेमा धेरै नै बहस र छलफल पछि हामीले मौलिक अधिकार भित्र राख्यौँ । यो भन्दा पहिले स्वास्थ्यका बारेमा मौलिक अधिकार भित्र राखिएको थिएन । किन मौलिक अधिकार भित्र राखियो भने सरकारलाई बाध्य गराउन । सरकार बाध्य होस् स्वास्थ्य र शिक्षाको बारेमा । तर संविधानमा लेखियो । हामीले संविधान पनि जारी ग¥यौं । तर सरकारले स्वास्थ्यलाई व्यवस्थित गर्न सकिराखेको छैन । त्यस कारण संसद्मा सङ्कल्प प्रस्ताव ल्याउनुपरेको हो । त्यसैले म के भन्न चाहन्छु भने हाम्रो देशको अवस्थाको बारेमा हामीले धेरै भनिराख्नु पर्छ जस्तो लाग्दैन । किनभने हामी जति पनि राजनीतिककर्मीहरु छांै । जसले राजनीति गरेका छांै । देशभरिका धेरै जिल्लाहरू हामी घुमेका छौं । जनतासँग हाम्रो सम्पर्क छ । जनताका बारेमा हामीले बुझेका छौं । हामी गाउँघर जान्छौ । यो देश धेरै गरिब छ । यहाँ कृषिमा जनता आधारित छन् । अहिले हामी के भन्छौँ भने स्वास्थ्य विमा गराएका छौं ७७ वटै जिल्लामा । स्वास्थ्य बीमा ३ करोड नेपाली जनतामा कतिले गराएका रहेछन् भनेर मैल डाटा हेर्दै गर्दा ८० लाखले स्वास्थ्य विमा गराएका रहेछन् । त्यसको नवकिरण गर्ने १७ प्रतिशत मात्रै रहेछन् । अब त्यो स्वास्थ्य विमा कसले गराउँछ भन्दा अलि चेतना भएको मान्छेले गराउँछ । दूर दराजको त्यो दलित, जनजाति, त्यो मधेसी, त्यो महिला, जसले विमा गराउनु पर्छ भन्ने कुरा बुझेकै छैन । र त्यो स्वास्थ्य विमा गराउनका लागि पैसा पनि छैन । अनि त्यसले कहाँबाट स्वास्थ्य बीमा गराउँछ ? सरकारी अस्पतालमा स्रोत र साधन नै छैन ।’

सांसद ढुंगानाले सबै पालिकामा सरकारी अस्पताल बनाउने कुरा घोषणा गरे पनि बजेट नभएका कारण अघि बढ्न नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ