- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रिय सभाको रिक्त एक सदस्यमा अञ्जान शाक्यलाई मनोनयनका लागि सिफारिस गरिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत रहेकी थिइन् ।