arrow

राष्ट्रिय सभा उपाध्यक्षमा बिमला र विष्णुको उम्मेदवारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
bishnudevi-bimala-rastriyas.jpg

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र एमालेकी बिमला घिमिरेले मनोनयन दर्ता गरेकी छिन् । आजै बसेको कांग्रेस संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनबाट एमालेकी बिमला घिमिरेले उम्मेदवारी दर्ता गरेकी छिन् । ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनित २, लोसपा र जनमोर्चाका एक एक सांसद छन् । 

राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० मत आवश्यक पर्छ । यो तथ्याङ्कअनुसार घिमिरे उपाध्यक्ष हुने निश्चित छ । अहिले माओवादी, एमाले, नेकपा एस र जसपा सरकारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ