arrow

मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
accident-final.jpg

पोखरा । कास्कीको रुपामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान भएको छ । मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नं. ७ माँझगाउँकी ३० वर्षीया कृष्णमाया न्यौपाने रहेकी छन् ।

शनिबार राति १०ः३० बजे लेखनाथबाट रुपा गाउँपालिका जाँदै गरेको ग१४प १५८५ नम्बरको मोटरसाइकल रुपा गाउँपालिका वडा नं. ६ घिमिरेथरमा दुर्घटना न्यौपाने गम्भीर घाइते भएकी थिइन् । 

उनलाई तत्कालै उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । 

सो दुर्घटनामा न्यौपानेका श्रीमान तथा मोटरसाइकल चालक वर्ष ३५ का बरुण न्यौपाने सामान्य घाइते भएका छन् ।

उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ