arrow

भक्तपुरको गठ्ठाघरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
kmc-health-2080-10-18.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले भक्तपुरको गठ्ठाघरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

अरबिट सेकेन्डरी बोर्डिङ स्कुल गठ्ठाघर भक्तपुर र संगीना बचत तथा ऋण सहकारी लिमिटेडको संयुक्त आयोजनामा स्कुलको प्राङ्गणमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५६३ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले जानकारी दिए । 

ती बिरामीमध्ये ८७ जनाको ईसीजी, १०३ जनाको ल्याब, ९८ जनाको अल्ट्रासाउन्ड गरिएको थियो । त्यस्तै १३ जनाको दाँत खोलिएको थियो भने २७ जनाको शल्यक्रियाका लागि रेफर गरिएको थियो । 

नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनील शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएका छन् । 
 



लोकप्रिय समाचार
नयाँ