arrow

रुसी सेनामा भर्ती भएकाका आफन्तको पीडा

रुसी सेनामा भर्ती भएकाका आफन्तको हारगुहार- स्वदेश फर्काउन पहल गरिदिनुस्

भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपालीहरू बाँच्ने अवसर शून्य बराबर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १९ शुक्रबार
army-russia-nepali-pariwar.jpg

काठमाडौँ । रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनीहरूले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरूलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् । उनीहरूले सरकारले के गर्दा उनीहरूलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न उनीहरूको आग्रह छ । 

रुसी सेनाबाट भागेर नेपाल फर्किएका खोटाङका सुमन राईले नेपालीहरूलाई सेनामा भर्ती भइसकेपछि सिधै फिल्डमा लगेर युद्ध गर्न लगाएको बताए । उनले सेनामा भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपालीहरू बाँच्ने अवसर शून्य बराबर हुने बताए । उनले रुसी सेनाले नेपालीहरूलाई सबैभन्दा अगाडि लगाइ युद्ध गराउने गरेको बताए । युक्रेनीहरू क्याम्पमा रुसी सैनिकमाथि आक्रमण गर्न नियाली रहेको हुने तर रुसबाट भने खुला ठाउँमा लगेर भिडाउने, रुसी भाषा नबुझ्ने समस्याका कारण पनि धेरै नेपाली मरिरहेको बताए ।

उनले भने, ‘हामी नेपालीहरू सिधै फिल्डमा नै जाने हो । उनीहरू हामीलाई ताकेर नै बसेका हुन्छन् । हामी बाँच्नै चान्स त कम नै हुन्छ । बाँच्नै चान्स नै छैन । बाँच्नु भनेको जिरो प्रतिशत हो । हामी मैदानमा फिल्डमा जाने हो । युक्रेनीहरू सिधै क्याम्पतिर बसेको हुन्छ । उनीहरूले हामीलाई नापी नापी हानेको हुन्छ । हामी नेपालीहरू धेरै मरिरहेको हुन्छ । उनीहरूले सार्वजनिक गरेको छैन । ४ देखि ५ सय भन्दा बढी नेपालीहरू मरिसकेका छन् ।’

उनकाअनुसार अहिलेसम्म सार्वजनिक नभएको भए पनि ५ सय भन्दा बढी नेपालीहरूले ज्यान गुमाइसकेका छन् । त्यस्तै रुसी सेनामा भर्ती भएका नेपालीका परिवार र आफन्त हरुलेेे छिटो भन्दा छिटो उनीहरूलाई सरकारको तर्फबाट स्वदेश फिर्ता ल्याउने पहल गरिदिन आग्रह गरे । रुसी सेनामा भर्ती भएका नेपालीहरू धेरै नै समस्यामा रहेको बताए । उनीहरूले पैसाकै लोभमा गएको भए पनि उनीहरूलाई सरकारले स्वदेश फिर्ता ल्याउने पहल गरिदिनुपर्ने बताए ।

उनीहरूले सरकारले पहल गर्ने हो भने समस्या समाधान हुनसक्ने र त्यसका लागि चाँडो भन्दा चाँडो पहलकदमी लिन आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ