arrow

झलनाथप्रति संकेत गर्दै माधवले भने - जबजलाई परित्याग गर्ने कुरा किमार्थ स्वीकार्य हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २१ आइतबार
madhav-jhalanath-final.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन् । पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति सङ्केत गर्दै उनले जनताको विश्वास कसरी जित्ने ? भन्ने नाममा जबजको विचारलाई परित्याग गर्ने कुरालाई आफूहरूले कुनै पनि अर्थमा ठिक भन्न नसकिने तर्क गरेका हुन् ।

पार्टीका उपाध्यक्ष डा. वेदुराम भुसालद्वारा लिखित पुस्तकको आइतबार काठमाडौँमा एक कार्यक्रमका बीच विमोचन गर्दै अध्यक्ष नेपालले हिजो जनताको बहुदलीय जनवादीलाई दक्षप्रजापतिको टाउको भन्नेहरूले आज आएर पनि त्यो विचारलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे। 

उनले जनताको विश्वास जितेर लोकप्रियता हासिल गर्ने कुरा जबजको मान्यता भएकाले त्यसलाई अङ्गीकार गरेर आफूहरू अघि बढ्ने दोहोर्‍याएका हुन् । आज पनि कम्युनिष्ट पार्टीलाई सिद्ध्याउन देशी, विदेशी साम्राज्यवादी र प्रतिक्रियावादीहरू लागि परेकाले त्यसबाट जोगिन पनि नेपालका कम्युनिष्टहरुले जनताको बहुदलीय जनवादी विचारमा चल्नु आवश्यक रहेको अध्यक्ष नेपालको भनाई थियो । 

उनले जनताको बहुदलीय जनवादको सारतत्व नबुझेकाहरूले मात्रै यसको विरोध गर्ने गरेको जिकिर समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ