arrow

असममा इसाई धर्मको प्रचार गरिरहेका दुई अमेरिकी नागरिक ५ सय डलरको जरिमानामा रिहा

logo
एजेन्सी,
प्रकाशित २०८० माघ २१ आइतबार
assam-state-india-north-east.jpg
तस्बिर : फाइल

गुवाहाटी। असमको शोणित पुर जिल्ला मुख्यालय तेजपुर सहरमा प्रलोभन देखाएर इसाई धर्मको प्रचार गर्ने दुई अमेरिकी नागरिकहरूलाई ५ सय अमेरिकी डलरको जरिवाना लगाएर आइतबार रिहा गरिएको छ।

पर्यटक भीजामा आएका यी दुई अमेरिकीहरूलाई धर्म प्रचारका गतिविधिहरूमा सामेल रहेको आरोपमा गत ३ फरबरीमा हिरासतमा लिइएको थियो।

पुलिस अनुसार अमेरिकी नागरिक जोन म्याथ्यू बोन र माइकल जेम्स फ्लिन्चमले ई-पासपोर्टमा भारतमा प्रवेश गरे, तर यहाँ धार्मिक कार्यमा संलग्न भए। उनीहरूमाथि पर्यटक भिजा मा आएर धर्म प्रचारका गतिविधिहरूमा सामेल भएको आरोप छ। असममा प्रलोभन दिएर इसाई धर्मका प्रचार गरिरहेका दुवै अमेरिकी नागरिकलाई एक गोप्य सूचनाको आधारमा शोणित पुर पुलिसले तेजपुरको ब्यापटिस्ट क्रिश्चियन अस्पतालबाट गएको शनिवार समातेको थियो। उनीहरू विरूद्ध तेजपुरको कछारीगाउँ थानामा एक मामिला (जीडीई ०३/२४) दर्ता गरियो जसमा उनीहरूमाथि चर्च सङ्गठनद्वारा आयोजित धार्मिक कार्यक्रममा भाग लिएको अनि भाषण दिएर भिजा नियमहरूको उल्लङ्घन गरेको आरोप लगाइएको छ।

पुलिसले हिरासतमा लिइएका यी दुवै अमेरिकीलाई रिहा गर्नअघि ५०० अमेरिकी डलर (भारतीय मुद्रामा ४१,४ सय ८६ रुपियाँ)- को जरिवाना गरिएको  छ। अधिकारीहरूले घटनाको सम्बन्धमा भारतीय विदेश मन्त्रालयलाई जानकारी दिनका साथै दुवै व्यक्तिहरूलाई धार्मिक कार्यक्रममा सामेल नहुने चेतावनी जारी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ