arrow

भारत नवौँ पटक यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
u19-india-icc-2024.jpg

काठमाडौँ । भारत नवौँ पटक आईसीसी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनलको खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाले दिएको २४५ रनको लक्ष्य पछ्याएको भारतले ४८.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । भारतको जितमा सचिन दासले ९६ र कप्तान उदय शरनले ८१ रन बनाएका थिए ।

यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै २४४ रन बनाएको थियो ।

अब फाइनलमा भारतले अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । अस्ट्रेलिया र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल भने बिहीबार हुनेछ । त्यस्तै फाइनल खेल आगामी आइतबार हुनेछ ।

यो विश्वकपमा नेपाल सुपर सिक्सबाट बाहिरिएको थियो । समूह चरणमा अफगानिस्तानलाई हराएसँगै नेपाल पहिलो पटक सुपर सिक्समा पुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ