arrow

यू–१९ विश्वकपको उपाधि भिडन्त भारत र अष्ट्रेलियाबीच

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
u19-worldcup-cricket-2024.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि भिडन्त भारत र अष्ट्रेलियाबीच हुने भएको छ । दक्षिण अफ्रिाकामा जारी विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । 

सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो । त्यस्तै पाकिस्तानलाई १ विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा पुगेको हो । 

बुधबारको खेलमा दक्षिण अफ्रिकाले दिएको २४५ रनको लक्ष्य पछ्याएको भारतले ४८.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । 

भारतको जितमा सचिन दासले ९६ र कप्तान उदय शरनले ८१ रन बनाएका थिए । यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै २४४ रन बनाएको थियो ।

अष्ट्रेलियाले १८० रनको चुनौती ४९.१ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको हो । अष्ट्रेलियाले १६४ रन बनाउँदा ९ विकेट गुमाएको अवस्थामा पाकिस्तान फाइनल नजिक पुगिसकेको थियो । तर दशौँ विकेटका लागि १७ रनको साझेदारी भएसँगै अष्ट्रेलिया विजयी भयो । पाकिस्तानका अलि रजाले ४ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । यसअघि पाकिस्तान ४८.५ ओभरमा अलआउट हुँदै १७९ रनमा समेटिएको थियो । टम स्ट्राकेरले ६ विकेट लिएका थिए । 

भारत नवौँ तथा अष्ट्रेलिया छैटौँ पटक फाइनलमा पुगेको हो । 

यो विश्वकपमा नेपाल सुपर सिक्सबाट बाहिरिएको थियो । समूह चरणमा अफगानिस्तानलाई हराएसँगै नेपाल पहिलो पटक सुपर सिक्समा पुगेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ