arrow

जुनारका दश परिकार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २७ शनिबार
junar-dish-2080-(14).jpg

ललितपुर । नेपालमा जुनार भन्ने बित्तिकै सिन्धुली जिल्लालाई नै सम्झने गरिन्छ । जुनार र सिन्धुली पर्यायवाची शब्द जस्तै बनेको छ । यही सिन्धुलीको जुनारलाई बजारमा विभिन्न परिकारहरुमा ल्याउनका लागि ललितपुरको कुपण्डोलस्थित रैथानेमा दोस्रो जुनार मेला आयोजना गरिएको छ ।

रैथाने र ग्रिन ग्रोथको सहकार्यमा आयोजना गरिएको सो मेलामा सिन्धुलीमा उत्पादित जुनार र सो जुनारबाट तयार पारिएक विभिन्न परिकारहरु खान पाइने छ । 

ग्रिन ग्रोथले सिन्धुलीको जुनारलाई बजारीकरण गर्न निकै महत्वपूर्ण भूमिका खेलेको छ । यसले सिन्धुलीमा उत्पादित जुनारलाई क्यूआर मार्फत ट्याकिङ्ग गर्ने र उपभोक्तामाझ सक्कली उत्पादन पुर्याउने काममा प्रविधिको प्रयोग गरेको छ । 

जसका कारण उपभोक्ता नठगिने गिन ग्रोथका सौरभ ढकालले बताए । सो मेलामा जुनारबाट बनेका विभिन्न दश परिकारहरु खान पाइने छ । 

जुनार साँधेको, जुनार केक, जुनार जेली, जुनारको जुस, स्पाइस्ड् हट् जुनार जुस भने विशेष रहेको छ । हामीले जुनारको जुस र जुनारलाई साँधेर खाएका छौँ, तर यति मात्र नभइ रैथानेमा अब माथि उल्लेखित सम्पूर्ण परिकारहरु दैनिक मेनुमा नै रहने कुरासमेत उनले बताए । 

सो दुई दिने मेला माघ २७ शनिबार सकिने छ । 
   
    
 

junar-dish-2080 (1).jpg
junar-dish-2080 (2).jpg
junar-dish-2080 (3).jpg
junar-dish-2080 (4).jpg
junar-dish-2080 (5).jpg
junar-dish-2080 (6).jpg
junar-dish-2080 (7).jpg
junar-dish-2080 (8).jpg
junar-dish-2080 (9).jpg
junar-dish-2080 (10).jpg
junar-dish-2080 (11).jpg
junar-dish-2080 (12).jpg
junar-dish-2080 (13).jpg
junar-dish-2080 (14).jpg
junar-dish-2080 (15).jpg


लोकप्रिय समाचार
नयाँ