arrow

गड्यौलीमा बस दुर्घटना, २० घाइतेमध्ये दुई गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २७ शनिबार
accident-chitwan-2080-10-27.jpg

भरतपुर । चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गएराति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।  

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । 

घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ