arrow

ट्राफिक सप्ताहमा सचेतना कार्यक्रम [फोटोफिचरसहित]  

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० माघ २७ शनिबार
traffic-week-kavre (31).jpg

बनेपा । जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले काभ्रेमा एक साता लामो ट्राफिक सप्ताह चलाइरहेको छ । सवारी सुशासन कायम गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह बिहीबारदेखि थालेको हो । 

सात दिनसम्म एक दर्जन भन्दा बढी कार्यक्रम गरेर सप्ताह समापन गरिनेछ । पहिलो दिन औपचारिक कार्यक्रमसहित प्रभातफेरी आयोजना गरियो । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार सप्ताहको दोस्रो दिन शुक्रबार स्वयंसेवकहरु परिचालन गरी सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाउने, सचेतना स्टिकर टाँस गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने काम भएको छ । 

तेस्रो दिन शनिबार ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम, बढी भाडा अनुगमन, माक्स वितरण गर्ने, सिट क्षमताभन्दा बढी यात्रुको अनुगम गर्ने कार्यक्रम भइरहेको छ । 

यस्तै सप्ताहको चौथो दिन सवारी चालकसँग पाँच मिनेट कार्यक्रम तथा ओभरटेक गर्नेको विधिको प्रशिक्षण, तीव्र गतिमा सवारी चलाउने चालकलाई प्रशिक्षण, पाँचौ दिनमा बिद्यार्थीलाई ट्राफिक सचेतना, गाउँगाउँमा आमा समूह, टोल सुधार समिति र युवा क्लवहरुलाई ट्राफिक सचेतना कार्यक्रम, छैटौँ दिनमा चालक र सहचालकहरुको सामान्य स्वास्थ्य परीक्षण, सवारी साधनहरुको यान्त्रिक परीक्षण, रक्तदान कार्यक्रम र सातौँ दिन ट्राफिक सप्ताहको उपलब्धि र प्रभावकारिताको बारेमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिने प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् ।

शुभारम्भ कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले चालक र यात्रीको संयमता, साक्षरता र सचेतनाले मात्रै दुर्घटना न्यूनीकरण हुने बताइन् । 

मोटरसाइकल जस्ता साना सवारी बढी दुर्घटनामा परेको तथ्यांक रहेको भन्दै उनले सडकको अवस्था, यान्त्रिक गडबडी र चालकको लापरबाहीले दुर्घटना हुने गरेको बताइन् ।

संघीय प्रहरी कार्यालय बागमतीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापाले ट्राफिक नियमको पालना आफैँबाट शुरु गर्नुपर्ने बताए । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी भाग्येन्द्र पुरुष ढकालले ट्राफिक प्रहरीले मात्रै दुर्घटना नियन्त्रण गर्न नसक्ने भन्दै सबैले आफ्नो जिम्मेवारी बोध गर्दै हातेमालो गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले दुर्घटनाको क्षतिपुर्ति दिन समेत टिपर लगायतका यातायात व्यवसायी जिम्मेवार नदेखिएको भन्दै कानुन कार्यान्वयनको लागि प्रहरी प्रशासनले कडाई गर्नुपर्ने बताए ।

traffic-week-kavre (1).jpg
traffic-week-kavre (2).jpg
traffic-week-kavre (3).jpg
traffic-week-kavre (4).jpg
traffic-week-kavre (5).jpg
traffic-week-kavre (6).jpg
traffic-week-kavre (7).jpg
traffic-week-kavre (8).jpg
traffic-week-kavre (9).jpg
traffic-week-kavre (10).jpg
traffic-week-kavre (11).jpg
traffic-week-kavre (12).jpg
traffic-week-kavre (13).jpg
traffic-week-kavre (14).jpg
traffic-week-kavre (15).jpg
traffic-week-kavre (16).jpg
traffic-week-kavre (17).jpg
traffic-week-kavre (18).jpg
traffic-week-kavre (19).jpg
traffic-week-kavre (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ