arrow

कांग्रेस महासमिति बैठकमा आठ सदस्यीय यातायात उपसमिति

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
congress-party-office-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन भएको छ । 

आठ सदस्यीय उपसमितिका सदस्यहरुमा योगेन्द्रनाथ कर्माचार्य (काभ्रे), केदारनाथ पौडेल (बर्दिया), शरद अधिकारी, (धादिङ), सानुकाजी प्रजापति (काठमाडौँ), सुवन गिरी (नुवाकोट), धर्म भण्डारी (झापा), महेश्वर थापा (ललितपुर) रहेको पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ