कांग्रेस महासमिति बैठकमा आठ सदस्यीय यातायात उपसमिति
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन भएको छ ।
आठ सदस्यीय उपसमितिका सदस्यहरुमा योगेन्द्रनाथ कर्माचार्य (काभ्रे), केदारनाथ पौडेल (बर्दिया), शरद अधिकारी, (धादिङ), सानुकाजी प्रजापति (काठमाडौँ), सुवन गिरी (नुवाकोट), धर्म भण्डारी (झापा), महेश्वर थापा (ललितपुर) रहेको पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।