arrow

अन्त्येष्टिमा भाग लिइरहँदा चट्याङ लागेर तीनको मृत्यु, १८ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
lightning

दार एस सलाम । दक्षिणी तान्जानियाको लिन्डी क्षेत्रमा अन्त्येष्टि कार्यक्रममा भाग लिने क्रममा शुक्रबार साँझ चट्याङ लागेर तीन जना गाउँलेको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएका छन् ।

यस क्षेत्रका स्वास्थ्य केन्द्रका इन्चार्ज अब्दल्लाह मपुताले दिएको जानकारी अनुसार पीडितहरू गाउँले छिमेकीको अन्त्येष्टिमा भाग लिइरहेका बेला चट्याङको प्रहारबाट घाइते भएका थिए ।

“उनीहरूलाई अन्त्येष्टि कार्यक्रममा भाग लिइरहेको बेला एक्कासी भारी वर्षा सहितको चट्याङले हिर्कायो,“ मपुताले भने । 

अपरान्ह ४ बजे उनीहरूलाई चट्याङ परेको थियो । घाइतेहरूको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ