arrow

उमेर समूहमा पनि भारतलाई हराएर अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
australia-cricket-u19.jpg

काठमाडौँ । अस्ट्रेलियाले यू–१९ क्रिकेट विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो ।

अस्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछ्याएको भारतले ४३.५ ओभरमा अलआउट हुँदै १७४ रन बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो ।

यसअघि अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

योसँगै अस्ट्रेलियाले चौथो पटक यू–१९ विश्वकपको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले सन् १९८८, २००२ र २०१० मा यू–१९ विश्वकप जितेको थियो । पछिल्ल्लो पटक अस्ट्रेलिया सन् २०१८ मा फाइनलमा भारतसँग पराजित भएको थियो । 

पाँच पटकको उपाधि विजेता भारतले चौथो पटक फाइनल हारेको हो । 

केही समयअघि भएको सिनियर भारतीय टोलीले भारतमै भएको विश्वकप अष्ट्रेलियासँग गुमाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ