कांग्रेस महासमिति भोजन व्यवस्थापनमा राणाको संयोजकत्वमा उपसमिति
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
979
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकका लागि भोजन व्यवस्थापन उपसमिति बनेको छ । केन्द्रीय सदस्य उदयशम्शेर राणाको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति गठन भएको हो ।
उपसमितिमा ६ सदस्यहरु थपिएका हुन् । जसमा मेखलाल श्रेष्ठ, उपसभापति—नेपाली कांग्रेस, गण्डकी प्रदेश, सुदर्शन घिमिरे, उपसभापति—नेपाली कांग्रेस, ललितपुर, प्रगतिमान रञ्जित, काठमाडौँ, निशान ढुंगेल, नगर सभापति— सूर्यविनाक नगर कार्यसमिति एवं पूर्व सचिव नेपाली कांग्रेस, भक्तपुर, ऋषिदेव फुयाल, सहसचिव— नेपाली कांग्रेस, ललितपुर र सम्झना भट्टराई, काठमाडौँ रहेका छन् ।
कांग्रेस महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्दैछ । अजेन्डा तय गर्न आगामी बिहीबार कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ ।