arrow

संविधान खतरामा परिसक्यो - पूर्व सभामुख ढुङ्गाना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
damannath-dhungana.jpg

काठमाडौँ ।  पूर्व सभामुख दमननाथ ढुङ्गानाले संविधान खतरामा परिसकेको दाबी गरेका छन् । बिहीबार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधानमा देशको विगतकै नियति दोहोरिन लागेको बताए । उनले संविधानका असङ्गतिमा छलफल गर्ने बेला भइसकेको पनि बताए । उनले देशको सबैभन्दा ठुलो राजनीतिक सङ्कट भनेको संवैधानिक अस्थिरता नै रहेको बताए ।

उनले भने , ‘संविधानका असङ्गतिमा छलफल गर्ने बेला भइसकेको छ । यो राष्ट्रव्यापी छलफल हुनुपर्छ । कुरा संवैधानिक परिषद्, न्याय परिषद् र इजलासको मात्रै होइन । समग्र संविधानलाई हेर्दा म के देख्छु भने कन्फिक्ट जन्माउने संविधान भइरहेको छ । संविधान खतरामा परिसकेको छ । संविधानमा हाम्रो राष्ट्रको जुन नियति छ त्यो दोहोरिँदै छ । हाम्रो देशको सबैभन्दा ठुलो राजनीतिक सङ्कट भनेको संवैधानिक अस्थिरता हो । संविधान जति गणतान्त्रिक हुनुपर्ने हो त्यति भएको छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ