arrow

जीप दुर्घटनामा एकको मृत्यु, सात घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
Accident-sign.jpg

पोखरा । तनहुँमा गएराति जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको इच्छाकामना गाउँपालिका नं. ६ का २२ वर्षीय सागर गुरुङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सो दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेमा चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ५ का २२ बर्षका डम्बर बहादुर गुरुङ, बर्ष २४ का कमल गुरुङ, बर्ष ४६ को रुद्रबहादुर चेपाङ, वर्ष १८ का जीत गुरुङ, ईच्छाकामना गाउँपालिका वडा नं. ६ का वर्ष १९ का रुपक गुरुङ, गोरखा शहीद लखन गाउँपालिका वडा नं. ३ का बर्ष ३० का पूर्ण गुरुङ र भरतपुर महानगरपालिका वडा नं २९ बस्ने बर्ष ३४ को टेस्टबहादुर गुरुङ छन् ।

घाइतेहरूलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ ।

प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप आबुखैरेनी गाउँपालिका वडा नं. २ नारीघाटस्थित पृथ्वी राजमार्ग सडकको छेउमा अनियन्त्रित भइ पल्टिएको थियो ।

जीप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप छलफल भइरहेको डीएसपी खाँणले जानकारी दिए । जीप तीव्र गतिका कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ