arrow

सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूलमन्त्र हो : उपप्रधानमन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
narayankaji-shresthas.jpg
तस्बिर-फाइल

गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सुशासन, समृद्धि र सामाजिक न्याय वर्तमान सरकारको मूलमन्त्र रहेको बताएका छन् । 

गोरखाको पालुङटार नगरपालिका-७ च्याङलीस्थित जीवन ज्योति माध्यामिक विद्यालयको ५६औँ वार्षिकोत्सवमा उनले सुशासन कायम नभएसम्म विकास-निर्माणका कामले फड्को मार्न नसक्ने बताए ।

‘अहिलेको सरकारको मूलमन्त्र सुशासन, समृद्धि र सामाजिक न्याय हो’, गृहमन्त्री श्रेष्ठले भने, ‘विकासमा फड्को मार्न सुशासन अनिवार्य शर्त हो । ’

पर्याप्त स्रोत साधनको अभावमा सरकारले चाहेजस्तोे विकास निर्माणका काम गर्न नसकेको उनले बताए । 

गृहमन्त्री श्रेष्ठले भने, ‘देशमा हामीले ठूलो राजनीतिक परिवर्तन गर्यौँ, नयाँ संविधान बनायौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौँ, अब लोकतन्त्रको माध्यमबाट आमनागरिक जीवन फेर्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ