arrow

जन्ती सवार जीप दुर्घटनामा दुईको मृत्यु, १६ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
jeep-accident-tanahun-tanahunpolice.jpg

पोखरा । तनहुँमा गएराति जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका वडा नं. ६ छापस्वाँराका ७२ वर्षीय आशवीर गुरूङ र ब्यास नगरपालिका वडा नं. ९ गजौडेका १७ वर्षीया तुलसी गुरूङ रहेका छन् ।

तनहुँ प्रहरीका अुसार आशबीरको घटनास्थलमै मृत्यु भएको हो भने तुलसीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा आज बिहान ३ः४० बजे मृत्यु भएको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ गिरौनचौरको बरादी-हिलेखर्कस्थित भित्री सकखण्डमा बा१८च ५९२१ नम्बरको बोलेरो जीप गएराति साढे १२ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी मोहनबहादुर खाँडका अनुसार दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको आँबुखैरेनी अस्पताल र १० जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ओभरलोड, तीव्र गतिको जीप अनियन्त्रित भइ सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी खाँडले बताए ।

तनहुँकै आँवुखैरेनीमा शनिबार राति पनि जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ