arrow

एमाले केन्द्रीय कमिटी बैठक शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
uml-7th-central-committee.jpg
तस्बिर – विष्णु रिजालको फेसबुक वालबाट ।

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको सातौँ बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरु भएको छ । एमालेको सातौँ केन्द्रीय कमिटी बैठक  ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुरु भएको हो । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए । बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ । 

यसैगरी कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेको प्रचार विभाग प्रमुख गौतमले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ