arrow

आमरुख नजिक जीप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
accident-final.jpg

अछाम । अछाममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित आमरुख नजिक आज बिहान जीप दुर्घटना भएको हो ।

से१ज ४२९ नंको जीप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा  घाइते डोटीको पूर्वीचौकी गाउँपालिका–४ का  राजेन्द्र खड्काका डेढ वर्षका छोरा इशान खड्काको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले  जानकारी दिए । 

घाइते १४ जनाको बयालपाटा अस्पतालमा  उपचारको भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ