arrow

माघे पूर्णिमामा नुहाउन गएका तीर्थयात्री बोकेको ट्याक्टर तालमा खस्दा कम्तीमा २२ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १२ शनिबार
tractor-accident-11-12.jpg

लखनउ । भारतको उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर तालमा पल्टिँदा उक्त दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा मृत्यु हुने अधिकांश बालबालिका र महिलाहरु हुन् । सुरक्षा अधिकारीका अनुसार सो दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्न सक्छ । 

जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो । जसका कारणा यस दुर्घटनामा परी ठूलो संख्यामा मानिसले ज्यान गुमाएका हुन् ।

यस दुर्घटनामा ठूलो संख्यामा मानिसको ज्यान गएको छ भने कयौँ व्यक्ति गम्भीर घाइते भएका छन् । ४० जना डुबेका थिए । 

दुर्घटनामा परी ट्याक्टरमा सवार सबै जैथरा थानाको छोटा कासा गाउँका बासिन्दा हुन् । माघ पूर्णिमाको अवसरमा यी मानिसहरू कासगञ्जको पटियालीस्थित कादरगञ्ज गंगाघाटमा गंगा स्नान गर्न गइरहेका थिए। 

यो दर्दनाक दुर्घटना दरियावगञ्ज पटियाली सडकको गढई गाउँ नजिक भएको हो । उद्दार र उपचार दुवै जारी रहेको स्थानिय प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ