- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इन्डो-प्यासिफिक कमान्ड कमान्डर एडमिरल जोन सी अक्यैलिनोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।
उक्त भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कूटनैतिक सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीच मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्ध रही आएकामा खुशी व्यक्त गरेका थिए ।
साथै उनले विश्व शान्तिको मान्यताप्रति प्रतिबद्ध नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा सर्वाधिक योगदान गर्ने मुलुकका रूपमा रहेको कुराले गौरवान्वित भएको बताको राष्ट्रपति पौडेलको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै सोमबारै प्रधानसेनापति प्रभुराम शर्मासँग उनले भेट गरेका थिए ।
सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उनहरुबीच वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास-४ लगायत आपसी चासोका विषयमा विचार-विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।