arrow

सुर सम्राट्को अवसान [भिडियो]

भक्तराज आचार्यको श्रद्धाञ्जली सभा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
bhanubhakta-acharya-dead-body.jpg

काठमाडौँ । वरिष्ठ गायक एवं सङ्गीतकार स्व. भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखियो । 

सोमबार निधन भएका आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । 

सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, नेपाली कांग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका नेता तथा कलाकारहहरुको उपस्थिति रहेको थियो । 

आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि अस्वस्थ थिए । आचार्यले झन्डै ४ सय गीतमा स्वर तथा सङ्गीत दिएका छन् । 

स्वरसम्राट नारायण गोपालका समकालीन गायक आचार्य १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । 

श्रद्धाञ्जली अर्पण गर्न पुगेका कलाकार नीर शाहले स्व. आचार्यलाई नेपाली आधुनिक र भक्ति सङ्गीतमा भक्तराज आचार्यको अतुलनीय योगदान रहेको बताए । उनले सङ्गीतकारमा हुनुपर्ने सबै गुणहरू भएको व्यक्तिका रूपमा चित्रण गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ