arrow

बस खाल्डोमा खस्दा ६ को मृत्यु, १५ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
accident-final.jpg
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा मङ्गलबार बस खाल्डोमा खस्दा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै १५ जना घाइते भएका छन् ।

 सो जिल्लाको खानपुर क्षेत्रमा तीव्र गतिका कारण बस दुर्घटना भएको भएको उद्धार सेवाले जनाएको छ । मृतक र घाइतेलाई स्थानीय अस्पतालमा लगिएको  छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रत्यक्षदर्शीले महिला र बालबालिका बोकेको बस पहाडी क्षेत्रबाट पूर्वी रावलपिण्डी शहरतर्फ जाँदै गर्दा दुर्घटना भएको बताएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ । जीर्ण सवारी साधन,  अव्यवस्थित सडक र सडक सुरक्षाको लापरबाहीका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गर्छन् । एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ