arrow

माधवले भने- गठबन्धनमा समस्या छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
madhav-nepal-2080-06-06.jpg
तस्बिर-फाइल

चितवन। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । 

यहाँ बिहीबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने- “गठबन्धनमा त्यस्तो कुनै प्रश्न खडा भएको छैन । गठबन्धन धर्मराएको पनि छैन । बलियो जगमा उभिएको छ ।”

धेरै राजनीतिक दल गठबन्धनमा रहेकाले सामान्य समसया आउने उल्लेख गर्दै अध्यक्ष नेपालले ती समस्याको समाधान खोजिने बताए । देखिएका समस्याको छलफलबाट उपाय निकालिने उनको भनाइ थियो । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र आफ्नो पाटीको बैठक बसेको तथा बिचारहरु आएको उल्लेख गर्दै उनले बिचारको आधारमा कुन ढङ्गले अघि बढ्छन् त्यो हेर्न बाँकी रहेको बताए ।

 गठबन्धनमा देखिएका दरारलाई समाधान गर्दै अघि बढ्ने अध्यक्ष नेपालको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ