arrow

प्रतिनिधि सभा बैठक जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार

काठमाडौँ । प्रतिनिधि सभा बैठक जारी छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनेछन् ।

त्यस्तै परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदले ‘बिमेस्टेक वडापत्र’ प्रस्तुत गर्नेछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने छिन् भने त्यसपछि बैठकमा प्रस्तुत गर्नेछिन् । 

अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको अनुगमन तथा मुल्याङकन बिधेयेक २०८० माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ