arrow

काठमाडौँबाट पोखरा घुम्न आएका दुई युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १९ शनिबार
mahesh-shailendra-accident.jpg
तस्बिर : भुपाल बोगटीको फेसबुकबाट ।

पोखरा । पोखरामा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २ युवकको ज्यान गएको छ । मृत्यु हुनेमा कैलाली जिल्लाको सोरहनपुर गाउँपालिका वडा नं ३ का २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका वडा नं ३ का ३० वर्षीय शैलेन्द्र कुमार उपाध्याय छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।

उपचारका क्रममा आचार्यको बिहान ४ः१४ बजे र उपाध्यायको ४ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाका अनुसार पोखरा महानगरपालिका वड नं ७ बुलौंदीमा आज बिहान ३ः४५ बजे दुर्घटना भएको हो ।

लेकसाइडबाट जिरोतर्फ आउँदै गर्दा बा.प्र०२-०३४प५६२१ नम्वरको बुलेट मोटरसाइकल सडक बिचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

मृतक दुवैको शव शनिबार दिउँसो आफन्तले बुझेको प्रहरी निरीक्षक रानाले बताए । उनीहरु घुम्नका लागि शुक्रबार काठमाडौंबाट पोखरा आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ