arrow

कम चिसो र कम पानी परेर सकियो हिउँद, प्रिमनसुन शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
kathmandu-rain-80-11-.jpg

काठमाडौँ । नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि शुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालिको हिउँद सकिएको हो ।

हिउँद सकिएर प्रिमनसुनको अवधि गत शुक्रबारदेखि शुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

मुख्यगरी पश्चिमी वायु र अरेबियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । 

उनका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेसमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताए । 

यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उनको भनाइ छ । 

काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो । हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ