arrow

फोटो पत्रकारका समस्या सम्बोधन गर्ने आश्वासन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
PJClub-Gyapan-Patra-Handove.jpg

काठमाडौँ । फोटो पत्रकार क्लब नेपालको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेटेर ज्ञापनपत्र बुझाएको छ । कार्यवाहक अध्यक्ष दिपेश श्रेष्ठ, महासचिव प्रकाशचन्द्र तिमिल्सेना, कोषाध्यक्ष द्वारिका काफ्ले, सदस्यहरु अंगद ढकाल, दिपेन श्रेष्ठको टोलीले मन्त्री शर्मालाई श्रमजीवी फोटो पत्रकारहरुका विभिन्न समस्याबारे अवगत गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो ।  

क्लबले छापा, विद्युतीय गरी मूलधारका विभिन्न सञ्चार संस्थामा रहेर काम गरिरहेका फोटो पत्रकारहरुको साझा समस्यालाई ४ बुँदामा समेटी ज्ञापनपत्र बुझाएको हो । 

ती बुँदाहरुमा सञ्चारमाध्यमहरुले आर्थिक मन्दीको बहानामा लामो समय कार्यरत श्रमजीवी फोटो पत्रकारहरुलाई एकतर्फी रुपमा निष्कासन गर्ने, राजीनामा गर्न दबाब दिने, समयमा मासिक पारिश्रमिक नदिने जस्ता कार्य रोक्न सम्बन्धित निकायमार्फत मन्त्रालयले आवश्यक निर्देशन दिनुपर्ने, मन्त्रिपरिषद्मा पुगेको न्यूनतम पारिश्रमिक सम्बन्धी व्यवस्था यथाशीघ्र पारित गर्नुपर्ने, सरकारद्वारा आयोजना गरिने महत्त्वपूर्ण सार्वजनिक कार्यक्रममा फोटो पत्रकारहरुलाई सहज पहुँचको व्यवस्था गरिनुपर्ने र सरकारले फोटो पत्रकारको क्षमता अभिवृद्धिका निम्ति तालिमको व्यवस्था गर्नुपर्ने रहेका छन् । 

ज्ञापनपत्र बुझेपछि मन्त्री शर्माले भनिन्, ‘श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिकको विषय मन्त्रालयले क्याबिनेटमा लगिसकेको छ । क्याबिनेटले पूर्वाधार समितिमा पठाएको छ । समितिको संयोजक अर्थमन्त्री हुनुहुन्छ । उहाँको व्यस्तता, बजेटको चटारो आदिका कारणले होला बैठक डाक्न सक्नुभएको छैन । मैले छिटो गरौँ भनिरहेकी छु । बरु यताबाट हामीले गरेको प्रस्तावअनुसार हुन्न भने कति गर्ने हो त घटाउने बढाउने के गर्ने छलफल गरौँ । कम्तीमा यति फिक्स भनेर राज्यले त निर्धारण गर्दिनँ पर्यो भनिराखेकी छु । स्वाभाविक रुपमा बजेट प्राथमिकता हो, समितिको अध्यक्ष संगीताजी पनि आइराख्नुहुन्छ । उहाँ प्रधानमन्त्री कार्यालय अर्थ मन्त्रालय धाइराख्नुभएको छ । सबै मिलौँ, छिटो गराँै भनेकी छु । अन्य सबै समस्याका कुरा त छँदैछ । कैयन् कुराहरु स्ट्रगल गर्ने कुराहरु हो । कैयन् विषय राज्यले नीति, कानुन बनाएर त्यसलाई उपलब्ध गराइदिनेछ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ