arrow

खराब मौसमका कारण ३१ लाख गाईवस्तुको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
animal-killed-livestokes.jpg

उलान बाटोर । मङ्गोलियामा जुड भनिने चरम जाडो मौसमले मङ्गोलियामा यस वर्षको हालसम्म ३० लाखभन्दा बढी पशुपक्षीहरूको ज्यान लिएको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ ।

जुडका कारण मङ्गोलियामा अहिलेसम्म कम्तीमा ३० लाख ८९ हजार ४२० गाईवस्तु मरेको एसईसीले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । 

जुड गम्भीर चिसोले अधिक जाडो बढेको अवस्थामा प्रयोग गरिने मङ्गोलियाली शब्द हो ।  यो अवस्थामा जमीन हिउँले ढाकिएको कारण अधिक चिसो हुने र ठूलो सङ्ख्यामा गाईवस्तुहरू मर्ने गर्छन् ।

मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियामा यस वर्षको जाडोमा सामान्यभन्दा धेरै हिउँ परेको छ ।  मङ्गोलियाको ८०  प्रतिशतभन्दा बढी क्षेत्र अहिलेसम्म १०० सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालय अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ