arrow

सरकारमा सहभागी हुने-नहुने निर्णय गर्दै समाजवादी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
ncp-united-socialist-party-office.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने /नहुने  विषयलाई टुङ्गो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

 पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने  पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणको विकास भएपछि नेपका (माओवादी केन्द्र ) र नेकपा (एमाले) ले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।  

बैठकमा पार्टीले सत्ता समीकरणको उद्देश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तय गर्ने सचिव श्रेष्ठले बताए ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निवास पुगेर सँगै मिलेर जान आग्रह गरेका छन् । नेपालले देउवालाई सचिवालय बैठकमा सो कुरा राख्ने बताएका छन् । 

मंगलबार साँझ  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ