arrow

आध्यात्मिक शान्तिका लागि आत्मज्ञान महत्त्वपूर्ण

शिवले ध्यान गर्ने तत्त्वलाई जानेर अघि बढ्न सके जीवन सार्थक : सतपालजी महाराज

पाँच वर्षको प्रतीक्षापछि नेपालमा कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २५ शुक्रबार
satpalji-maharaj-butwal-11-26.jpg

काठमाडौँ । मानव धर्मका प्रणेता सद्गुरु श्री सतपालजी महाराजले शिवले ध्यान गर्ने तत्त्वलाई जानेर अघि बढ्न सके जीवन सार्थक हुने बताएका छन् । शिवरात्री पर्वको अवसरमा समितिद्वारा बुटवलमा आयोजित 'महाशिवरात्री महोत्सव २०८०' मा मानव धर्मका प्रणेताले सो अनुभव राखेका हुन् । 

उनले भने, ‘अध्यात्मले शान्ति फैलाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमले मानिसमा शान्तिको सञ्चार गर्नेछ। आध्यात्मिक शान्तिका लागि आत्मज्ञान महत्त्वपूर्ण रहेकाले नामको महत्वलाई बुझ्न सकियो भने मानव जीवनको सार्थकता पूर्ण हुनेछ।’

भारतको अयोध्यामा राम मन्दिर बन्नका लागि पाँच सय वर्षको प्रतीक्षा गर्नुपरेको सन्दर्भलाई जोड्दै उनले नेपालमा विराट सत्सङ्ग कार्यक्रम गर्न पाँच वर्ष लागेको अनुभव सुनाए । उनले भने, मानव जीवनमा राम बन्न पहिले राम नामको तत्त्वलाई जान्नुपर्छ ।' 

कोभिड १९ का कारण नेपालमा पाँच वर्षदेखि सत्सङ्ग कार्यक्रम हुन सकेको थिएन । यसअघि २०७५ मा झापाको धुलाबारीमा सत्सगं कार्यक्रम भएको थियो । 

कार्यक्रममा श्री विभुजी महाराजले आजको दिनमा शिवरात्रीसँगै नारी दिवस पनि सँगै परेकाले यसलाई संयोगका रूपमा लिनुपर्ने बताए । उनले भने,‘संसारमा आउनुको कारण दुख र सुख दुवै कुरा भोग्न आएकाले यी सबै प्रक्रियालाई हामीले भोग्नै पर्ने बताए । संसारमा माया दुखको कारण रहेकाले यसबाट कोही पनि अछुतो नरहने सुनाएका छन्।’

उनले थपे,‘संसारमा दुखको कारण अज्ञानता रहेकाले वास्तविक स्वरूपको बारेमा जान्नु आवश्यक रहेको बताए । सत्यको परिभाषा भनेको परिवर्तन नहुने विषय भएकाले हामीले के कुरालाई सत्य मान्ने भनेको यो संसारको अनुभव गर्नका लागि गरिने मानव जीवनको प्राणशक्ती रहेकाले यसको महत्वका बारेमा बुझ्नु पर्ने अहिले आवश्यकता हो।’

कार्यक्रमका बोल्दै जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाईले गौतम बुद्ध र पशुपतिनाथको देशमा हामीले यस्तो कार्यक्रम गर्न पाउनु नै भाग्यको कुरा भएको बताए। यस्ता कार्यक्रमले मानिसलाई अध्यात्ममा लाग्न प्रेरणा मिल्ने सुनाए। 

बुटवल उपमहानगर पालिकाका उपप्रमुख खेलराज पाण्डेले धार्मिक दृष्टिकोणबाट बुटवललाई अघि बढाउन लागेकाले यस्ता कार्यक्रमले सघाउन पुग्ने बताए।बुटवलमा यसअघि २०७० सालमा एक दिवसीय कार्यक्रम भएको थियो। ११ वर्षपछि पुनः बुटवलले कार्यक्रम गर्ने अवसर पाएको हो। 

कार्यक्रमका वक्ताहरूले बुद्धको जन्म स्थान लुम्बिनीमा आयोजना भएको यो कार्यक्रमले शान्तिको सन्देश दिएको बताए। 

महाशिवरात्री महोत्सवको अवसरमा शुक्रबार बिहान युवा सङ्गठन र बाल सभाले विभिन्न प्रस्तुति दिएका थिए। शिवरात्री महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै भक्ति सङ्गीतका कलाकारले सुमधुर भक्ति सङ्गीत प्रस्तुत गरेका थिए। शिवरात्री महोत्सव अघि बिहान प्रभात फेरि कार्यक्रम आयोजना गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ